सर्भिस डेलिभरिमै सरकार सोत्तर
सेवाग्राहीको बढ्दो असन्तुष्टिबीच विकास निर्माणलगायतका कामकारवाही प्रभावित हुन थालेपछि सरकारको सर्भिस डेलिभरी गर्ने विधि र प्रक्रियामै प्रश्न उठ्न थालेको छ । नीति तथा कार्यक्रम र बजेट पारित भइसक्दा पनि जनसेवाका कामहरु सन्तोषजनक नभएपछि स्वाभाविक रूपमा यस्तो प्रश्न उठ्नेनै भयो ।
अहिले विकास बजेटको खर्च लक्ष्यअनुरूप हुन सकेको छैन । निर्णयविहीनताले गर्दा यस्तो अवस्था देखिएको हो । निर्णय गर्दा फसिन्छ भन्ने मानसिकताका कारणले गर्दा कर्मचारी कुनै पनि निर्णयमा जोखिम मोल्न चाहँदैनन् । त्रासप…