प्रचण्ड र पुष्पकमल
नेपाली कांग्रेस यतिबेला प्रधानमन्त्री प्रचण्डको दुइटा व्यक्तित्व देखेर चकित छ । अस्ति एउटा अन्तर्वार्तामा कांग्रेसका द्वितीय महामन्त्री श्री विश्वप्रकाश शर्माले आफ्नो चकितभाव प्रकट गर्नुभयो । भन्नुभयो– प्रधानमन्त्रीभित्र दुइटा व्यक्तित्व छ, एउटा प्रचण्ड, अर्को पुष्पकमल दाहाल । उहाँ कुन बेला कुन व्यक्तित्वमा प्रकट हुनुहुन्छ ठेगानै हुँदैन । राजनीतिमा यसले समस्या पारेको छ ।
कांग्रेसले प्रचण्डसँग भनेर सम्झौता गरेको हुन्छ तर त्यो पुष्पकमल परिदिन्छ । पुष्पकमल भनेर सम्झौता गरिन्छ, पछि प्रचण्ड परिद…