मेयर घुमघाममा, भोका कर्मचारी तनावमा
संघीय सरकार र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहबीच जुँगाको लडाइँले कर्मचारी र श्रमिकहरू मर्कामा परेका छन् । महानगरमा कार्यरत साढे तीन हजार बढी कर्मचारीको महिनौंदेखिको तलब ‘ड्यु’ छ । पाँच महिनादेखिको तलब नपाएपछि शिक्षकहरूले बालेनको ध्यानाकर्षण गराएका छन् । तलब रोकिँदा दैनिक उपभोग्य सामान किन्न नसकेको, औषधी उपचारमा समस्या भएको उनीहरूको गुनासो छ । उता, श्रम बैंकमार्फत राखिएका झण्डै दुई सय ज्यालादारी कर्मचारी काम छोड्न तम्तयार भएर बसेका छन् । म…