धादिङमै प्रधानमन्त्रीका मान्छेबीच दुई धार
पार्टी नेतृत्वमा एकलौटी हावी हुँदाहुँदै पनि गुटबन्दी रुचाउने एमाले अध्यक्ष केपी शर्मा ओली समर्थकबीच नै जिल्ला–जिल्लामा उपगुट देखा पर्न थालेका छन् । यसको ताजा उदाहरण धादिङ एमालेलाई लिन सकिन्छ । स्रोतका अनुसार त्यहाँका दुवै गुट अध्यक्ष ओली समर्थक र पक्षधर मानिए पनि त्यसभित्रै उपगुट देखिएको छ । जसमध्ये एक गुटको नेतृत्व अध्यक्ष भूमि त्रिपाठी र अर्को खेमाको केन्द्रीय सदस्य खेम लोहनीले गरेका छन् ।
लोहनी खेमालाई बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल (रामेछाप) पक्षको समर्थन छ…