एमाले पूर्वपदाधिकारीको एकसाथ फायर
नेकपा (एमाले) दार्चुला जिल्ला कमिटीका पूर्वपदाधिकारीले एकसाथ वर्तमान जिल्ला नेतृत्वप्रति असन्तुष्टि सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत निवर्तमान अध्यक्ष, उपाध्यक्ष र उपसचिवले नेतृत्वप्रति लक्ष्यित अभिव्यक्ति दिएका हुन् ।
फागुन १३ गते शैल्यशिखर नगर अधिवेशन सम्पन्न भएलगत्तै निवर्तमान अध्यक्ष प्रेमसिंह धामीले ‘मानिसले चरम अभाव र कहालीलाग्दा संकटका दिन सहन सक्छ तर आत्मसम्मान र स्वाभिमानमा आँच आउने व्यवहार सहन सक्दैन’ भन्ने महात्मा गान्धीको भनाइलाई फेसबुकमा राखेका…