सुइँकै नदिई धमाधम समातिँदै
काठमाडौँमा दुई वर्षअघि गार्मेन्ट व्यवसायी लाल मोहम्मदको हत्यामा संलग्न भारतीय सार्प सुटर गुड्डु पटेललाई प्रहरीले टोखाबाट नियन्त्रणमा लिइएको जनाए पनि वास्तविकता भने फरक छ । विश्वसनीय स्रोतका अनुसार पटेललाई भारतबाटै समातेर ल्याइएको हो । उच्च तहको समन्वयका कारण नेपालमा गोली हानेर नियन्त्रणमा लिइएको नाटक मञ्चन गरिएको स्रोतले खुलाएको छ ।
नेपाल प्रहरीले आइतबार टोखाबाट पक्राउ गरिएको भन्दै आधिकारिक रूपमा तीन राउण्ड गोली चलाइएको विवरण सार्वजनिक गरेको छ । यसअघि पक्राउ परेका…