चौधरीले जब रुवाए डेभिड र प्रेक्षालाई
बाँसबारीस्थित तत्कालीन छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हत्याएको प्रमाण छरपष्ट भएपछि विनोद चौधरीले गरेका अन्य धेरै खेलोफड्कोका खबर एकपछि अर्को सतहमा आएको छ ।
जुनसुकै उद्योग स्थापना र व्यवसाय सञ्चालनको श्रीगणेश नै ठगीको उद्देश्यबाट गर्ने विनोदबारे कुनै समय वाईवाई कारखानामा काम गरी लामो समयदेखि अमेरिकामा रहेका एक जना नेपालीले बताए, ‘उनको परिचय नै धोकेबाज हो । राजश्व छल्ने, विदेशी मुद्रा कारोबारमा लटरपटर पार्ने र भ्याएसम्म सरकारी जग्गा मिच्ने उद्देश्यले ग्रस…