क्याम्पस प्रमुख बर्खास्त गर्न नेविसंघको माग
नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन विश्वविद्यालय समितिले रामपुर कृषि क्याम्पस चितवनका प्रमुखलाई बर्खास्त गर्न माग गरेको छ । आज त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई ध्यानाकर्षण पत्र बुझाउदैं उनीहरुले पूर्वाग्रही क्याम्पस प्रमुखलाई बर्खास्त गर्न माग गरेका हुन् ।
विभिन्न माग राखेर आन्दोलनरत नेविसंघका विद्यार्थी नेता सुरज यादव र आशिष देवकोटालाई क्याम्पस परिसरभित्र क्याम्पस प्रमुखकै निर्देशनमा अराजक व्यक्तिबाट हमला गराइएको संघको आरोप छ ।कार्यवाहक सभापति गणेश भण्डारीको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ‘रामपुर कृषि क्याम्पस, चितवनमा भएको गैरकानूनी क्याम्पस प्रमुखको नियुक्तिविरुद्ध योग्य र सक्षम व्यक्ति नियुक्त गर्नुपर्छ भन्दै आन्दोलनरत नेविसंघका विद्यार्थी नेताहरु सुरज यादव, आशिष देवकोटालाई क्याम्पस परिसरभित्रै क्याम्पस प्रमुखको निर्देशनमा विद्यार्थी साथीहरुमाथि अराजक व्यक्तिहरुबाट भएको हमलाको जति निन्दा गरे पनि अपुग हुन्छ ।’
टिप्पणीहरू