चुनाव गराउने हाकिम थला परे,मत गन्ने ठाउँमा नाराबाजी

चुनाव गराउने हाकिम थला परे,मत गन्ने ठाउँमा  नाराबाजी

कैलाली क्षेत्र नम्बर ५ को मतगणना स्थलबाहिर नाराबाजी भएको छ । मतगणनामा ढिलाई गरिएको भन्दै एमाले र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताले नारा लगाएका हुन् ।

कैलाली ५ मा काँग्रेसले वडागत मतगणना गर्नुपर्ने अडान राखेको छ । अन्य दलले त्यसलाई स्वीकारेका छैनन् । विवादका बीच मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालको स्वास्थ्यमा समस्या देखिएपछि उनी आराम गरिरहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको स्वास्थ्यमा आएको समस्यासँगै कैलाली ५ को मतगणना अनिश्चित बनेको छ ।

टिप्पणीहरू