सुतिरहेकै बेला चितवनमा प्राणान्त

सुतिरहेकै बेला चितवनमा प्राणान्त

रत्ननगर नगरपालिका-२ टाँडी चोक ‍निवासी ४६ बर्षीय मनोज श्रेष्ठ सुतिरहेकै अस्थामा मृत फेला परेका छन् । 
राती खाना खाएर सुतेका उनी बिहान अबेरसम्म नउठेपछि परिवारले हेर्न जाँदा मृत अवस्थामा फेला परेको र प्रहरीलाई खबर गरिएको  थियो ।

घटनास्थलमा आज बिहान साँढे एघार बजे प्रहरी पुगेको छ ।
"घटनामा कुनै पनि शंकास्पद कुरा देखेका छैनौँ । लाशलाई पोष्टमार्टमको लागि पठाएका छौँ । रिपोर्ट आएपछि मात्र थप अरु कुरा थाहा हुन्छ।" -जिल्ला प्रहरी कार्यालय चितवनका एसपी नवराज अधिकारीले जनआस्थालाई बताउनु भयो ।

टिप्पणीहरू