बिनोद चौधरीले कोलम्बो छाडे, : पासपोर्ट साधारण,आगमन भिआइपी

बिनोद चौधरीले कोलम्बो छाडे, : पासपोर्ट साधारण,आगमन भिआइपी

डलर अर्बपति तथा हालै पश्चिम नवलपरासीबाट निर्वाचित काङ्ग्रेस  सांसद विनोकुमार चौधरी श्रीलंकाको राजधानी कोलम्बोबाट स्वदेश फर्केका छन् । उनी श्रीलंकन एअरलाइन्सको उडान नम्बर युएल १८१ बाट बिहान साढे ११ बजे काठमाण्डौ ओर्लेका हुन् ।

उनले यसपटक पनि साधारण राहदानीमा विमानस्थलको भिआइपी कक्ष प्रयोग गरेको त्रिभुवन विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । ‘साधारण पासपोर्ट प्रयोग गरे पनि अध्यागमनको लाइन छल्न भिआइपी कक्ष प्रयोग गर्न छाडेनन्,’उनले बताए । 

आज प्रयोग गरिएको राहदानी उनले गत मे ३० तारिखका दिन निकालेका हुन् जसको नम्बर बीए ०००६२९८ रहेको छ ।

टिप्पणीहरू