मुख धुन गएका बोगटी सेतीमा डुबे

मुख धुन गएका बोगटी सेतीमा डुबे

डोटीको शिखरपुर नगरपालिका २, कठाली टोलका ३५ वर्षीय गोविन्द बोगटीको सेती नदी डुबेर ज्यान गएको छ । 

नदी किनारको ढुंगामा लामो समयसम्म सुतेका बोगटी उठेर मुख धुन जाँदा चिप्लिएर नदीमा खसेको बताइन्छ । उनलाई नदीले बगाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

खबर लगत्तै पुगे पनि बोगटीलाई नदीले झण्डै आधा किलोमिटर बगाएको प्रहरीले बताएको छ । हालसम्मको प्राप्त विवरणअनुसार उनी मानसिक रोगी भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मी राजवंशीले जनआस्थासँगको कुराकानीमा बताए । घटना हिजो दिउँसो भएको हो ।

टिप्पणीहरू