तारा बरालको ठाडो आरोप,‘सब वकिल अराजक हुन्’

तारा बरालको ठाडो आरोप,‘सब वकिल अराजक हुन्’

आफूलाई सामाजिक अभियन्ता भन्न रुचाउने तारा बरालले मुलुकका अधिकांश कानुन व्यवसायीमाथि गम्भीर आरोप लगाएकी छन् । उनले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा विरुद्ध सडकमा उत्रेका कालोकोटधारीहरुलाई अराजक वकिलको बिल्ला भिराइदिएकी हुन् । 

आज दिउँसो अराजक वकिलहरुलाई कारवाही र उनीहरुको लाइसेन्स खारेजीको माग गर्दै उनी नेपाल कानुन व्यवसायी परिषदको कार्यालय (बार काउन्सिल) पुगेकी थिइन् । कुपण्डोलस्थित बार काउन्सिलमा पुगेर तारा र अर्का एक जनाले अराजक वकिलहरुको लाइसेन्स खारेजीको माग गर्दै लिखित उजुर गरेको बताइएको छ ।

बराल र उनको समूहले अघिल्लो वर्षदेखि नै राणाको पक्ष र वकिलहरुको विरुद्धमा चर्का नारा र प्रदर्शन गर्दै आएको छ ।

टिप्पणीहरू