धेरैजसो मन्त्री डोमेस्टिकमा, नेदरल्याण्डसका राजदूत अन्तर्राष्ट्रियमा

धेरैजसो मन्त्री डोमेस्टिकमा, नेदरल्याण्डसका राजदूत अन्तर्राष्ट्रियमा

आज धेरैजसो मन्त्रीले आन्तरिक उडान प्रयोग गरेका छन् । संघीयदेखि प्रदेशमन्त्रीहरु मुलुकका विभिन्न भागमा आउजाउ गरेको आन्तरिक सेवामा रहेका विमान कम्पनीले जनाएका छन् । आज बुद्ध एयरको उडानमा मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह बिहान पौने ९ बजे काठमाडौंबाट जनकपुर गएका छन् । बुद्ध एअरकै उडानमा सुदूर पश्चिम प्रदेशका कानुनमन्त्री रणबहादुर रावल बिहान काठमाडौंबाट धनगढी पुगेका छन् । 

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही बिहान १० बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट सुर्खेत गएका छन् । श्रीएयरलाइन्सको उडानमा काठमाडौंबाट पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राइन साढे १२ बजे नेपालगञ्जतर्फ गएका छन् । 

आजै नयाँ दिल्लीमा आवासीय र नेपालका लागि नेदरल्याण्डका गैरआवासीय  राजदूत दिउँसो काठमाडौं आएका छन् । राजदूत मार्टेन भान डेन बर्ग इण्डिगो एयरबाट आएका हुन् ।

टिप्पणीहरू