७४ वर्षे बृद्धद्वारा भत्ता नलिने घोषणा

७४ वर्षे बृद्धद्वारा भत्ता नलिने घोषणा

उदयपुरको कटारी नगरपालिका– ११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षाभत्ता नलिने घोषणा गरेका छन् । आफ्नै मिहेनतको कमाई मात्रै खाने बताउँदै उनले भत्ता नलिने बताएका हुन् ।

एक छोरीको साथमा बस्दै आएका सुनुवारको मुख्य पेशा कृषि हो । अरुको केही पनि नलिने र नखाने स्वाभावका सुनुवारले यसअघिदेखि नै भत्ता नलिने बताउँदै आएको वडाध्यक्ष अनन्त हायुले बताए ।

टिप्पणीहरू