भाडा बृध्दिको विरोधमा उद्योगी आन्दोलित

भाडा बृध्दिको विरोधमा उद्योगी आन्दोलित

उद्योग महासंघका पदाधिकारीहरुले बालाजु औध्योगिक क्षेत्रस्थित व्यवस्थापन कार्यालय घेरेका छन् । असमान रुपमा भाडाबृध्दि गरेको भन्दै उनीहरुले आज प्रदर्शन गरेका हुन् । 

महासंघका अध्यक्ष ध्रुवभक्त मानन्धरको नेतृत्वमा भएको विरोध कार्यक्रममा भाडाबृध्दि खारेजीको माग गरिएको थियो । कालो ब्यानर लिएर औध्योगिक क्षेत्र परिक्रमा गरेका प्रदर्शनकारीहरुले ‘असमान अन्यायपूर्ण भाडाबृध्दि खारेज गर’, ‘वार्ता र सहमतिबाट नयाँ भाडादर कायम गर’,लगायतका नारा लगाएका थिए । 

विरोध कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष रामहिरा पाठकलगायत अन्य केहीले उपस्थिति जनाएका थिए ।

टिप्पणीहरू