हल्चोकबाट निस्कनै लाग्यो निगरानी गर्नेको हुल

हल्चोकबाट निस्कनै लाग्यो निगरानी गर्नेको हुल

चुनाव सकिएको मेसोमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पश्चिम नेपालको निरीक्षण भ्रमण गर्न लाग्नुभएको छ । भोलिदेखि केन्द्रीय निरीक्षण टोली पनि मुलुकभरका युनिटको निरीक्षणमा निस्कने तयारी भैरहेको छ । 

‘चिफको भ्रमण बाँके, बर्दियातिर हुन लागेको छ । उहाँ कर्णाली प्रदेश जाने कार्यक्रम पनि छ । सम्भवतः पर्सि बिहिबारदेखि भ्रमण शुरु हुन्छ होला ।  कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ,’ सशस्त्र मुख्यालयका एक जना एआइजीले बताए । 

अर्कोतर्फ सात वटै प्रदेशमा निरीक्षणको निम्ति टोली हल्चोकबाट निस्कन लागेको छ । भोलिदेखि मुलुकका सबैतिर जाने टोलीमध्ये बाहिनीको निरीक्षण एआइजीले गर्ने र गणको निरीक्षण डिआइजी वा एसएसपीले गर्ने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी विभिन्न तालिम केन्द्रको निरीक्षण डिआइजीले गर्नेछन् । सशस्त्रका गुल्महरुको निरीक्षण भने एसएसपीले गर्ने योजना बनाइएको स्रोतको दाबी छ । भारत र चीनको सिमानामा तैनाथ बीओपीको निरीक्षण भने एसपीले गर्नेछन् ।

टिप्पणीहरू