मोरङको गेलाबारीमा ४ करोडको पुल

मोरङको गेलाबारीमा ४ करोडको पुल

मोरङको पथरीशनिश्चरे ६ गेलाबारीस्थित पथरी खोलामा नयाँ पुल बन्ने भएको छ । बुद्वमार्ग अन्तर्गतको पथरी खोलामा ४ करोड ७६ लाख ४४ हजार १ सय १९ रुपैयाँको लागतमा पक्की पुल बन्न लागेको बताइएको छ । 

नगर प्रमुख मोहनप्रसाद तुम्वापोका अनुसार पुलको लम्बाई ४० र चौंडाई ८.४० मीटर हुुनेछ । पुल बनेपछि पथरी डाईनिया सडकमा यात्रा गर्ने यात्रुलाई धेरै सहज हुने छ ।

हिजो नगर प्रमुख मोहनप्रसाद तुम्वापोले शिलान्यास गरेको पुल निर्माणको ठेक्का रायमाझी–खुश्बु–लुम्बिनी जेभीले पाएको हो ।

टिप्पणीहरू