गुणस्तरहीन आयुर्वेदिक औषधी बजारमा, तत्काल फिर्ता गर्न निर्देशन

गुणस्तरहीन आयुर्वेदिक औषधी बजारमा, तत्काल फिर्ता गर्न निर्देशन

औषधी व्यवस्था विभागले गुणस्तरहीन आयुर्वेदिक औषधीलाई तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । 

गोर्खा आयुर्वेद कम्पनी प्रालि र भाष्कर हर्बस्युटिक्ल्सले उत्पादन गरेको आयुर्वेदिक औषधीको बिक्रीवितरण रोक्का गरी बजारबाट फिर्ता गर्न विभागले निर्देशन दिएको हो । उक्त कम्पनीले उत्पादन गरेको अभिपत्तिकार चुर्ण र निर्मल चुर्ण न्यून गुणस्तरीय पाइएको विभागले जनाएको छ । 

‘विभागबाट बजार अनुगमनको क्रममा संकलन गरिएका आयुर्वेदिक औषधीहरुका नमूना परीक्षण गर्दा उत्पादकहरुबाट उत्पादित तपसिलको ब्याच नं. को आयुर्वेदिक औषधी न्युन गुणस्तर भएको पाइएको’, जारी सूचनामा उल्लेख छ । 

विभागले औषधि ऐन २०३५ को दफा १४ बमोजिम ती औषधिको बिक्री वितरण रोक्का गरि बजारबाट तत्काल फिर्ता गर्न सम्बन्धित कम्पनी तथा तिनका प्रतिनिधिहरुलाई निर्देशन दिएको छ ।  

साथै, उक्त औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न विभागले आग्रह गरेको छ ।

टिप्पणीहरू