प्रहरी हिरासतमै श्रीमतीले पुर्याइन् श्रीमानलाई ब्राउन सुगर

प्रहरी हिरासतमै श्रीमतीले पुर्याइन् श्रीमानलाई ब्राउन सुगर

प्रहरी हिरासतमा रहेका श्रीमानलाई ब्राउन सुगर पुर्याएको आरोपमा एक महिला पक्राउ परेकी छन् । उनले फलफूलमा लुकाएर लागुऔषध त्यहाँ पुर्याएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १५, निवासी शान्ती खड्का पक्राउ परेकी हुन् । केही दिनअघि स्थानीय २२ वर्षीय अशोक खड्का लागुऔषधसहित पक्राउ परेका थिए । 

उनलाई प्रहरीले हिरासतमा राखेर लागुऔषध मुद्दा चलाउन अनुसन्धान जारी राखेको समयमा शान्तीले लागुऔषध पुर्याएकी हन् । श्रीमतीले लगेको फलपूmल जाँच गर्ने क्रममा पाँच प्याकेट ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।

गौतमका अनुसार उक्त लागुऔषधको तौल १२० मिलिग्राम छ । अहिले श्रीमान र श्रीमती दुबै जना एउटै आरोपमा प्रहरी खोरमा बसेका छन् । प्रहरीले थप अनुसन्धान थालेको बताइएको छ ।

टिप्पणीहरू