भ्रष्टाचारको विरोध गर्ने पत्रकारलाई २५ लाख दिइने

भ्रष्टाचारको विरोध गर्ने पत्रकारलाई २५ लाख दिइने

भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारलाई प्रोत्साहनस्वरुप २५ लाख रुपैयाँको पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार सञ्चालन गर्न लागिएको बताइएको छ ।

अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारविरुद्ध तथ्य र प्रमाणसहित कलम चलाउने पत्रकारलाई प्रोत्साहनस्वरुप २५ लाख रुपैयाँको पत्रकारिता पुरस्कार दिइने जानकारी गराएका छन् ।

‘मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारीविरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्देश्यसहित केही चिन्तित नागरिककै पहलमा ठूलो राशीको पुरस्कार हामी छिट्टै घोषणा गर्दैछौं’, सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उद्देश्यले उक्त पुरस्कार स्थापना गर्न लागिएको वाग्लेले बताए ।
 

टिप्पणीहरू