एमाले काठमाडौँको व्यथा, ईश्वर पोखरेल हार्नुको कथा

एमाले काठमाडौँको व्यथा, ईश्वर पोखरेल हार्नुको कथा

एमाले काठमाडौं जिल्लाको संगठनभित्र हरिबिजोग देखिएको छ । जिल्ला अध्यक्ष दीपक निरौलाले संगठन निर्माणभन्दा विभिन्न व्यक्तिसँग नजिकिएर भातभान्छा टिकाउने पेशा अपनाएपछि राजधानीभित्र सबै तहका संगठनभित्र हरिबिजोग भएको हो । उनीमाथि स्थानीय चुनावको बेला पार्टी सचिव राजेश शाक्यसँग मिलेर निकै राम्रो खेलोमेलो गरेको आरोप कार्यकर्ताले लगाएका थिए । 

यी नेताहरू व्यक्तिमुखी हुँदा अहिलेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी बजाएको प्रष्ट छ । त्यसबेला काठमाडौं महानगरका २१ वडामा एमाले उम्मेदवारहरूले जित्ने आकलन थियो । तर, १४ वडामा मात्रै सीमित भयो । जित्नेलाई टिकट नदिने अनि कमजोरलाई काखी च्याप्ने भएकाले यस्तो नतिजा भोग्नुप¥यो । वडा नम्बर ४ मा दीपक केसी र पहिलाका वडाध्यक्ष मोहन निरौलालाई बाइपास गर्नु यसैका उदाहरण हुन् ।

अहिलेको निर्वाचनमा उपाध्यक्ष ईश्वर पोखरेललाई हराउन शून्य समयको बेला दीपक निरौलाले बिरामी भेट्न जाने भन्दै पैसा बाँड्न गएको आरोपले पनि काम ग¥यो । डोरमणि वागमती प्रदेशको मुख्यमन्त्री भएका बेला मणि जति बटुल्ने पात्रको रूपमा निरौलाको चर्चा हुने गरेकोसमेत पार्टीभित्र चर्चा छ । 

चुनावमा अञ्जान शाक्य र अजयक्रान्ति शाक्यहरू भने संगठनलाई प्राथमिकतामा राखेर खटिएको पाइयो । पद्मरत्न तुलाधरको पालामा मंका खलः भन्दै सबै नेवार एकजुट भएर चुनावमा खटिने चलन थियो । तर, यस पटक भने नेवार मतदाताहरू जातभित्रको पनि उपजातमा विभाजित भएको देखियो । काठमाडौँ क्षेत्र नम्बर १ मा पर्ने वडा नम्बर ९ का वडाध्यक्षले ल्याएको मत जति पनि प्रदेशका उम्मेदवारले पाएका छैनन् ।

उम्मेदवारले करिब चार हजार पाँच सय मत पाएका छन् जबकि स्थानीय चुनावमा करिब ९ हजार मत ल्याएका थिए । यसले पनि एमाले काठमाडौंभित्र घात–अन्तर्घात भएको देखिन्छ । यी सबैका पछि सन्तुलित उम्मेदवार नहुनु नै प्रमुख कारण रहेको चर्चा छ । नेताहरू आफ्नो क्षेत्रबाट अन्यत्र भोट माग्न नजाने र जिल्ला कमिटी पनि नेताका पुच्छर हुँदै घुम्ने कारणले गर्दा पनि कम मत आएको हो । महानगर कमिटीले समेत सकारात्मक भूमिका खेल्न नसकेका कारण हारियो । महानगर इञ्चार्ज कृष्णगोपाल श्रेष्ठ आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर भोट माग्न नजानु र सहइञ्चार्जहरू विद्यासुन्दर शाक्य, नारायण सिलवाल र रूपनारायण श्रेष्ठले प्रभावकारी भूमिका खेल्न नसक्नु अर्को कारण रहेको प्रष्ट छ ।

– हरिशरण फुयाँल, मूलपानी

 

टिप्पणीहरू