प्रहरी इन्स्पेक्टर ओछ्यानमै बिते

प्रहरी इन्स्पेक्टर ओछ्यानमै बिते

नेपाल प्रहरीका प्रहरी निरीक्षक श्रीप्रसाद राई सोलुखुम्बुमा मृत फेला परेका छन् । ओखलढुंगास्थित इलाका प्रहरी कार्यालय, खिजिफलाटेमा कार्यरत राई आफ्नो घर आएको बखत मृत फेला परेका हुन् ।

हिजो बेलुकी साथीभाइसँग रमाइलोका साथ खानपिन गरेर सुतेका राई बिहान आफ्नै ओछ्यानमा मृत भेटिएको परिवारले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालका अनुसार राति सबैसँग हाँसखेल गरेर खानपिन गरेका राई बिहान ओछ्यानमै बितेका हुन् ।

टिप्पणीहरू