राष्ट्रपति भोलि गृहजिल्ला भोजपुर जाने तयारीमा

राष्ट्रपति भोलि गृहजिल्ला भोजपुर जाने तयारीमा

राष्ट्रपति विद्यादेवी भण्डारी भोलि गृहजिल्ला भोजपुर जाने कार्यक्रम छ । उहाँ जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्याङ,आमबोटे जान लाग्नुभएको हो ।

गाउँमा निर्माण सम्पन्न भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको उद्घाटन गर्ने कार्यक्रममा उहाँ भोजपुर जान लाग्नुभएको जानकारी प्राप्त भएको छ । सोही बखत  राष्ट्रपति भण्डारीले स्थानीय बेहेरेश्वर महादेव र शिवालय मन्दिरको पनि दर्शन गर्ने कार्यक्रम छ । 

उहाँले विगतमा आफूले अध्ययन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको समेत निरीक्षण गर्नेलगायत कार्यक्रम तय भएको शिक्षालय स्रोतले जानकारी दिएको छ ।

टिप्पणीहरू