आइजीपी जनकपुरतिर, आर्मीका मान्छे पश्चिमतिर

आइजीपी जनकपुरतिर, आर्मीका मान्छे पश्चिमतिर

नेपाली सेना र नेपाल प्रहरीका हाकिमहरु आज आधा घण्टाको अन्तरालमा छुट्टाछुट्टै हेलिकप्टर चढेर मधेस र सुदुरपश्चिमतर्फ लागेका छन् । 

 प्रहरी महानिरीक्षक (आइजीपी) धिरजप्रताप सिंह मधेस प्रदेशको राजधानी जनकपुर जानुभएको छ भने सशस्त्र आइजिपी राजु अर्याल भोलि बाँके,बर्दिया जाने तयारी छ  ।  आज बुद्ध एअरको हेलिकप्टर चढेर बिहान पौने १२ बजेतिर धिरज काठमाडौँबाट जनकपुर उड्नुभएको छ ।  

त्यसअघि साढे ११ बजेतिर नेपाली सेनाको एउटा टोली धनगढीतर्फ उडेको थियो । सैनिक जहाज लिएर काठमाडौंबाट सुर्खेत हुँदै धनगढीको गेटा विमानस्थलमा अवतरण गरेको उपरथी विनयबिक्रम राणा, महासेनानी उच्च राणा, लेखापति जितेन्द्रबहादुर शाहीसहित १३ जनाको टोली त्यहाँस्थित फिल्ड हस्पिटलको निरीक्षणमा निस्किएको हो । 

यता,सेनाको तालिम प्रमुख डिजिएमटी बाबुराम श्रेष्ठ पनि अहिले कर्णालीतिरै निरीक्षणमा रहेका छन् ।
 

टिप्पणीहरू