पाँचथरको फिदिममा आगलागी, एकल बृध्दाको निधन

पाँचथरको फिदिममा आगलागी, एकल बृध्दाको निधन

घरमा आगलागी हुँदा पाँचथरका ९१ वर्षीया एक बृद्वको ज्यान गएको छ । ज्यान गुमाउनेमा फिदिम नगरपालिका १३ लुङरुपा निवासी सुखरानी नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घरमा एक्लै बसिरहेकी उनको आज बिहान निधन भएको बताइएको छ । अँगेनाबाट सल्केको आगो शरिरमा सल्किँदा ज्यान गएको स्थानीयले जनाएका छन् । नेम्वाङ उक्त घरमा एक्लै बस्दै आएकी थिइन् । घट्नाको जानकारी आउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट टोली पठाइएको नायव उपरिक्षक हरि खतिवडाले जानकारी दिए  ।

टिप्पणीहरू