अर्जेन्टिनाका राष्ट्रपतिलाई फोनमा बधाई दिन प्रधानमन्त्रीलाई सुझाव

अर्जेन्टिनाका राष्ट्रपतिलाई फोनमा बधाई दिन प्रधानमन्त्रीलाई सुझाव

कतारमा भइरहेको विश्वकपको पहिलो सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको छ । नेपालमा ब्राजिलको जस्तै अर्जेन्टिनाका समर्थकहरु पनि धेरै छन् । 

तर,अप्रत्यक्ष रुपमा अर्जेन्टिना र नेपालबीचको सम्बन्ध सुमधर नभएको भन्दै एक जना शुभेच्छुकले प्रधानमन्त्री शेरबहादुर देउवालाई फुटबलको माध्यमबाट सम्बन्ध सुधार्न सुझाएका छन् । उनले गोर्खाली सेना प्रयोग गरी बेलायतले लडेको फकल्याण्ड युद्धपछि चिसिएको सम्बन्ध तताउन भन्दै फोन गर्न सल्लाह दिएका हुन् ।

मधेशी नागरिक समाजका संयोजक गणेशकुमार मण्डलले २ अप्रिल १९८२ देखि १४ जुनसम्म चलेको ब्रिटेन–अर्जेन्टिना युद्धमा ब्रिटिशले गोर्खा फौजलाई युद्धमा प्रयोग गरेको सन्दर्भ जोडेका छन् । सोही कारण अर्जेन्टिनाले अग्रेजसँग युद्ध हारेको र फकल्यान्ड द्विप गुमाउनु परेको थियो ।

सोही कारण नेपालीलाई अर्जेन्टिना प्रवेशमा निकै सास्ती भएको मण्डलको भनाइ छ । तर नेपालीहरु फुटबलमा सबैभन्दा बढि अर्जेन्टिनाकै समर्थक देखिएकाले आफूले प्रधानमन्त्रीसँग विनम्र अनुरोध गर्दै फाइनल अघि दुई वटै टिमका राष्ट्र प्रमुखलाई फोन गरेर बधाई दिन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘आयोजक मुलुक कतारका राष्ट्र प्रमुखलाई समेत बधाई तथा सफल विश्वकप आयोजना गरेको उपलक्ष्यमा शुभकामना दिनुस् । प्रधानमन्त्रीले यति गर्दा नेपाल र अर्जेन्टिना बीचको कूटनैतिक सम्बन्धमा नयाँ अध्याय शुरु हुनेमा विश्वस्त छु ।’

टिप्पणीहरू