काठमाण्डौको पहिलो निर्वाचित प्रधानपन्च कमल चित्रकार बित्नुभयो,श्रद्धान्जली दिन प्रधानमन्त्री शवगृहमा

काठमाण्डौको पहिलो निर्वाचित प्रधानपन्च कमल चित्रकार बित्नुभयो,श्रद्धान्जली दिन प्रधानमन्त्री शवगृहमा

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पशुपति आर्यघाट पुग्नुभएको छ । 

उहाँ केही बेरअघि काठमाडौं महानगरपालिका–८ स्थित पशुपति विद्युतीय  शवदाहगृह पुग्नुको कारण श्रध्दान्जली चढाउन हो । 

नेपाल तरुण दलका संस्थापक महामन्त्री कमल चित्रकारलाई अन्तिम श्रद्धान्जली दिनका लागि प्रधानमन्त्री देउवा त्यता जानुभएको बताइन्छ । 

कांग्रेसका पुराना नेता ८६ बर्षीय चित्रकारको अस्ति मंसिर २७ गते प्राणान्त भएको हो । बीपी कोइराला पहिलोपटक प्रधानमन्त्री भएको बेलादेखि नै उहाँ तरुण दलको महामन्त्री हुनुहुन्थ्यो । पछि पन्चायत प्रवेश गरेर काठमाण्डौको पहिलो निर्वाचित प्रधानपन्च पनि हुनुभयो । संयोगवस अहिले काठमाण्डौ महानगरपालिकाको बार्षिकोत्सव चलिरहेको छ ।
 

टिप्पणीहरू