स्वीकृतिबिना कलेज सञ्चालन गरेपछि विद्यार्थीले मागे क्षतिपूर्ति

स्वीकृतिबिना कलेज सञ्चालन गरेपछि विद्यार्थीले मागे क्षतिपूर्ति

भक्तपुरको सूर्यविनायकस्थित सुवाल इन्टरनेशनल कलेजका विद्यार्थीहरु आन्दोलित भएका छन् । सरकारसँग स्वीकृति नै नलिई कलेज सञ्चालन गरेर भविष्य बर्बाद पारेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।  

कलेजमा अध्ययनरत विद्यार्थी मनिष कुमारको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ । विद्यार्थीहरुले सञ्चालकलाई कारबाही र पढाइ खर्चको क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन् । 

प्रदर्शनमा झण्डै दुई दर्जनको सहभागिता छ ।

टिप्पणीहरू