कर्मचारीलाई टिकटक प्रयोगमा प्रतिवन्ध लगाउने कानुन पारित

कर्मचारीलाई टिकटक प्रयोगमा प्रतिवन्ध लगाउने कानुन पारित

अमेरिकी सिनेटले संघीय कर्मचारीहरूलाई सरकारी स्वामित्वको डिभाइसमा टिकटक प्रयोग गर्नबाट रोक लगाउने विधेयक पारित गरेको छ । सिनेटको ध्वनी मतले टिकटक प्रयोगमा रोक लगाउने विद्येयक पारित गरेको हो । 

राष्ट्रपति जो बाइडेनलाई स्वीकृतिको लागि पठाउनुअघि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले विद्येयकलाई अनुमोदन गर्न आवश्यक छ । यो वर्तमान कंग्रेस अधिवेशन समाप्त हुनुअघि हुन आवश्यक छ, जुन अर्को हप्ता अपेक्षित छ ।

बेइजिङले राष्ट्रिय सुरक्षालाई जोखिममा पार्ने अमेरिकीहरूको जासूसी गर्न एप प्रयोग गर्न सक्ने  धेरै अमेरिकी अधिकारीहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । धेरै राज्यहरूले पहिले नै सरकारी उपकरणहरू र नेटवर्कहरूमा बाइटडान्स–स्वामित्व भएको एपको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित गरिसकेका छन् ।

नर्थ डकोटा र आयोवा यस हप्ता विधेयक पारित गर्ने सूचीमा सहभागी छ । यसअघि टेक्सास, मेरील्याण्ड, साउथ डकोटा, अलाबामाले विधेक पारित गरिसकेका छन् ।
 

टिप्पणीहरू