शिवमलाई सर्वोत्तम अवार्ड

शिवमलाई सर्वोत्तम अवार्ड

शिवम सिमेन्ट लिमिटेडले ‘बेस्ट म्यानेजमेण्ट कम्पनी अफ द इयर–२०२२’ को अवार्ड पाएको छ । न्यू बिजनेश प्रालिले काठमाडौंमा आयोजना गरेको ‘न्यू बिजनेश कन्क्लेभ एण्ड अवार्ड २०२२’ कार्यक्रममा सात वटा संस्थागत विधामा अवार्ड दिइएको थियो । 

उक्त समारोहमा शिवमले बेस्ट म्यानेजमेण्टको अवार्ड हात पारेको हो । यसअघि सिमेन्ट जगतमा पहिलोपटक शिवम ‘एन.एस क्वालिटी अवार्ड–२०१९’ बाट सम्मानित भएको थियो ।  ५३ तथा ४३ ग्रेडको ओपिसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवमले मुलुकका राष्ट्रिय गौरवका योजनाका साथै अन्य ठूला-ठूला परियोजनाका अनेकौं संरचना निर्माण गरिसकेको छ ।

यहाँको जनशक्ति, आन्तरिक व्यवस्थापन, पारदर्शिता र ६० हजारभन्दा बढी शेयर होल्डर एवम् कुशल व्यवस्थापकका कारण पटक-पटक विभिन्न अवार्डबाट सम्मानित हुँदै आइरहेको छ ।  उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवाका कारण शिवम सिमेन्ट ग्राहकद्धारा अत्याधिक रुचाइएको मानिन्छ ।

टिप्पणीहरू