इन्टरनेटको गुणस्तर जाँच्दै प्राधिकरण

इन्टरनेटको गुणस्तर जाँच्दै प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूले वितरण गर्ने इन्टरनेट गतिको गुणस्तर परीक्षण गर्ने भएको छ । इन्टरनेटको गुणस्तरलाई लिएर उपभोक्ताको गुनासो बढेपछि प्राधिकरणले यस्तो निर्णय गरेको हो ।

सातै प्रदेशमा हुने गुणस्तर परीक्षणका लागि प्राधिकरणले आशयपत्र आह्वान गरेको छ । प्रारम्भिक अध्ययनका लागि आशयपत्र आह्वान गरेको प्राधिकरणले जनाएको छ ।  आवेदकले पुस ६ गतेसम्म आशयपत्र दिनुपर्ने बताइएको छ ।

टिप्पणीहरू