नेहालाई सघाउन गएकी कुमारी आमा प्रहरीको कब्जामा

नेहालाई सघाउन गएकी कुमारी आमा प्रहरीको कब्जामा

दाइजोको निहुँमा श्रीमानद्वारा कुटपिट गरी घरबाट निकालिएकी महोत्तरीकी नेहा चौधरी पक्राउ परेकी छन् । आज दिउँसो रामगोपालपुर सडकमा आन्दोलन गर्ने क्रममा प्रहरीले चौधरी र कुमारी आमा निहारिका राजपुतलाई एकै स्थानबाट नियन्त्रणमा लिएको हो । 

श्रीमान डा. पंकज चौधरीलाई मात्र नभई सासू ससुरालाई पनि कारबाहीको माग गर्दै चौधरी आन्दोलनमा छिन् । श्रीमान र उनको परिवार मिलेर आफूलाई पीडा दिइएको उनको आरोप छ । उनलाई साथ दिन निहारिका पनि आन्दोलनमा सहभागी भएकी थिइन् ।

प्रदर्शनका क्रममा कार्यालय तोडफोड, सवारीसाधन अवरुद्ध र जाम गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पङ्गेनीले बताए । उनकाअनुसार नेहा र निहारिका अहिले प्रहरी हिरासतमै छन् ।

दाइजोको निहुँमा पटक-पटक श्रीमान र घरपरिवारबाट शारीरिक तथा मानसिक यातना भोगेकी नेहाले प्रहरीमा उजुरी दिएपछि उनका श्रीमान पंकज पक्राउ परेका थिए । तर, परिवारका अन्य सदस्यलाई भने प्रहरीले पक्राउ गरेको छैन ।
 

टिप्पणीहरू