प्रचण्ड भेट्न खुमलटार पुगे हिन्दी फिल्मका हिरो

प्रचण्ड भेट्न खुमलटार पुगे हिन्दी फिल्मका हिरो

नेपाल भ्रमणमा रहेका बलिउडका चर्चित अभिनेता विवेक ओबरोयले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्  ।

पिता सुरेश ओबरोयका साथ आज साँझ खुमलटार पुगेर विवेकले प्रचण्डसँग भेटघाट गरेका हुन् । भेटमा दुई देशबीचको सांस्कृतिक सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ । 

विवेक परिवारसहित हिजो साँझ नेपाल आइपुगेका थिए । आज बिहान पशुपति नाथको दर्शन गरि दिउँसो चन्द्रागिरि पुगेका उनी भोलि पोखरा जाने कार्यक्रम छ ।

टिप्पणीहरू