नेपाल वायुसेवा निगमद्वारा १३८ कर्मचारी माग,११४ को आन्तरिक बढुवा

नेपाल वायुसेवा निगमद्वारा १३८ कर्मचारी माग,११४ को आन्तरिक बढुवा

दुई जना करार कर्मचारीको म्याद नथप्दा चारै वटा जहाज नउड्ने र ९ सय यात्रुको बिचल्ली हुने नेपाल वायुसेवा निगममा १३८ विभिन्न पदका लागि कर्मचारी माग भएको छ भने ११४ पदको आन्तरिक बढुवाका निम्ति समेत प्रतिस्पर्धा गराइँदैछ । नयाँ भर्ना र बढुवा हुने पदसंख्या २५२ छ ।
निगमले १४ पदका लागि कर्मचारी माग गर्दै चौथो तहदेखि सातौं तहसम्मका पदमा खुला तथा समावेशी प्रतिष्पर्धाद्वारा लिखित परीक्षामार्फत कर्मचारी छनौट गरिने बताएको छ ।

लेखा सहायकदेखि प्रशासन र वरिष्ठ प्राविधिक अधिकृतसम्मका पदका लागि निगमले आज कर्मचारी आह्रवान गरेको हो । 
योग्यता पुगेका इच्छुक नागरिकलाई २१ दिनभित्र अनलाइनमार्फत दरखास्त पेश गर्न समय दिइएको छ ।
साथै,रीत नपुगेका र म्याद नाघी आएका दरखास्तउपर कुनै कारबाही नहुने जनाइएको छ ।

टिप्पणीहरू