आज राजा महेन्द्रको सम्झना,१४ गते राजा वीरेन्द्रको जन्मदिन
राजा वीरेन्द्रको जन्मोत्सव पुस १४ गते मनाइने भएको छ । राजावादीहरु त्यसदिन नारायणहिटी दरबारअगाडि भेला हुनेछन् ।
वि.सं.२००२ पुस १४ गते नारायणहिटी दरबारमा जन्मिएका वीरेन्द्र नेपालका दशौँ राजा थिए । उनले वि.सं. २०२८ सालदेखि २०५८ सालसम्म नेपालमा शासन गरे । उनको मृत्यु २०५८ जेठ १९ गते नारायणहिटी दरबारमै भएको थियो ।
आजै पुस १ गते दिउँसो दरबारमार्गस्थित महेन्द्रको शालिकमा शाही युवा शक्ति नेपालले माल्यार्पण तथा काेण सभाको आयोजना गरेको थियो । संयाेजक पशुपति खड्काकाे नेतृत्वमा वरिष्ठ अधिवक्ता बिष्णु भट्टराईलगायत ६०/७० जनाले नेपालकाे झण्डासहित शालिकमा फूलमाला चढाएका हुन् ।
०१७ साल पुस १ गते राजा महेन्द्रले निर्वाचित बिपी कोइरालाको सरकारलाई बर्खास्त गरी आफू बाचुन्जेल ०२८ सालसम्म सत्ता चलाएका थिए । आज त्यही दिनको सम्झनामा राजावादीहरुले हाम्राे राजा हाम्राे देश- प्राणभन्दा प्याराे छ,राजतन्त्र जिन्दावाद,गणतन्त्र मूर्दावाद जस्ता नारा लगाएका हुन् ।
टिप्पणीहरू