मेयरले मागे सदस्यको राजीनामा ,सदस्यहरु मेयरमाथि कारबाहीको पक्षमा

मेयरले मागे सदस्यको राजीनामा ,सदस्यहरु मेयरमाथि कारबाहीको पक्षमा

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले कार्यपालिका बैठकमा भाग नलिने सदस्यहरुको राजीनामा माग गरेका छन् ।

आज साम्पाङ्गले विज्ञप्ति जारी गर्दै, कार्यपालिका सदस्यले लगातार एक महिनादेखि कार्यपालिका बैठकमा सहभागी नभई नियम उल्लंघन गरेको बताउँदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका हुन् । 

बहुसाँस्कृतिक पार्क निर्माण गर्ने प्रस्तावमा कार्यपालिका सदस्य अनुप देवानले आफ्नो राय राख्दा मेयर साम्पाङले बाहिर जानुस् भनेपछि धरानमा मेयर र वडाध्यक्षवीच विवाद शुरु भएको थियो । त्यसपश्चात अहिलेसम्म कार्यपालिका बैठक बस्न सकेको छैन । 

साथै,मेयर र उपमेयरबाहेक अरु कार्यपालिका सदस्यले मेयर साम्पाङले माफी माग्नुपर्ने माग राख्दै आएका छन् । उता दलितमाथि मेयर साम्पाङको कटाक्ष दलित समुदायमाथि अपमानजनक व्यवहार गरेको बताउँदै मेयर साम्पाङमाथि कार्यपालिका सदस्यले कानुनी कारबाहीको माग गरेका छन् । 

कार्यपालिका सदस्य सावित्री परियार, देवीमाया बिक र दिनेश गजमेरले आज कारबाहीको माग गरेका हुन् । गत मंसिर २७ गते मेयर साम्पाङले आफ्नो फेसबुक वालमा “जोडी खोज्नेहरुको बास उठ्न सक्छ,बल होइन बृद्धि लगा चमारे बृद्धि” भनी स्ट्याटस लेखेका थिए । उक्त अभिव्यक्तिले दलित समुदायमाथि चोट परेको आरोप लगाउँदै उनीहरुले कारबाहीको माग गरेका हुन् । 

यसले दलित समुदायको मौलिक हक र अधिकारलाई नै कुण्ठित पारेको उनीहरुको ठहर छ ।

टिप्पणीहरू