अनाधिकृत बस्ती हटाउन माग गर्दै हस्ताक्षर अभियान शुरु

अनाधिकृत बस्ती हटाउन माग गर्दै हस्ताक्षर अभियान शुरु

काठमाडौंको बागमती सभ्यता संरक्षण गर्न अनाधिकृत वस्ती हटाउनुपर्ने भन्दै उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले हस्ताक्षर अभियान शुरु गरेको छ ।

सुकुम्वासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने र विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय नगरी काठमाडौंको सभ्यता संरक्षण गर्न अनाधिकृत वस्ती हटाउनुपर्ने भन्दै समितिले काठमाडौंमा हस्ताक्षर अभियान थालेको हो ।

समितिले सहि सुकुम्वासी पहिचान गरी उचित व्यवस्थापन गर्नुपर्ने र नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने माग राखेको बताइएको छ।

टिप्पणीहरू