पल शाह र सन्दिप लामिछानेलाई जेलबाट छुटाउन सफलले गुहारे प्रधानमन्त्री

पल शाह र सन्दिप लामिछानेलाई जेलबाट छुटाउन सफलले गुहारे प्रधानमन्त्री

समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले मुलुकी अपराध संहिता संशोधन र उच्चस्तरीय नागरिकता छानबिन आयोग गठनको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निवेदन दिएका छन् । 

मुलुकी अपराध संहिता २०७४ परिच्छेद १७ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (२) संशोधन र उच्चस्तरीय नागरिकता छानबिन आयोग गठनका लागि सफलले प्रधानमन्त्रीसमक्ष निवेदन दिएका हुन् । 

"सँवैधानिक व्यवस्थाले नै १६ वर्ष उमेर पुगेका पुरुष र महिलालाई समान रुपमा नागरिक मानेको र उनीहरुलाई सोहीअनुसार नागरिकता लिने दिने व्यवस्था गरेको छ । तर मुलुकी अपराध संहिता २०७४ परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (२) मा कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती बलात्कार गरेको मानिन्छ भन्ने उल्लेख छ,” निवेदनमा उल्लेख छ । 

माथि उल्लेखित प्रावधान संविधानको मर्म,भावना र व्यवस्थाको विरुध्दमा भएको र त्यसले भ्रम सिर्जना गरेको प्रष्ट देखिन्छ-उनले निवेदनमा भनेका छन्,‘तसर्थ निम्नानुसार संशोधन गर्न आवश्यक देखिएकाले सोहीबमोजिम सरकारबाट अध्यादेश ल्याई संशोधन गर्नुहुन समाजवादी केन्द्र नेपालको सर्वोच्च नेताको हैसियतमा आग्रह गर्दछु ।’ साथै,उनले सोही अध्यादेशको आधारमा तत्काल नायक पल शाह र कृकेटर सन्दिप लामिछानेलाई जेलमुक्त गरी नेपालीलाई चिनाउने कार्यमा सहयोग गर्न अनुरोध गरेका छन् । 

नेपालका उच्चपदस्थ व्यक्तिहरुले कानुनविपरीत दोहोरो नागरिकता, पिआर,ग्रिनकार्ड लिएको आशंका बेलाबखत गरिन थालेकाले अमेरिका, बेलायतलगायत देशमा सम्पर्क गरी त्यस्तो सुविधा लिने नागरिकको विवरण तत्काल झिकाई त्यस्तो गतिविधिमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दछु,निवेदनमा लेखिएको छ ।

टिप्पणीहरू