५० हजारको लोभमा ९० वर्षीय बृद्धको निर्मम हत्या

५० हजारको लोभमा ९० वर्षीय बृद्धको निर्मम हत्या

 काठमाडौंको तारकेश्वर नगरपालिका-६ धर्मस्थलीकी ९० वर्षीया वृद्धाको हत्यामा संलग्न रहेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । स्थानीय ३९ वर्षीय नरेन्द्र शिवभक्तिलाई आज प्रहरीले हत्या आरोपमा समातेको हो । 

धर्मस्थलीको पुतुवार बस्तीमा बस्ने बृद्धाको २२ मंसिरमा तारकेश्वर नगरपालिका–३ पारीवनपाखा सामुदायिक वनको खोल्सामा शंकास्पद अवस्थामा शव फेला परेको थियो । उक्त घटना अनुसन्धानको क्रममा नरेन्द्रको संलग्नता देखिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ५० हजारको लोभमा नरेन्द्रले ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चिसापानी चप्पल कारखानातर्फ लैजाने क्रममा नरेन्द्रले महिलाको साथमा रहेको पैसा लिने मनशायले उनलाई ढुंगाले हिर्काई हत्या गरेको र साथमा रहेको करिब ५० हजार रुपैयाँ नगद लिएर शव खोल्सामा लुकाई घर फर्केको खुल्न आएको छ ।

टिप्पणीहरू