मोरङको तोरीबारी जाने सडकमा कालोपत्रे धमाधम

मोरङको तोरीबारी जाने सडकमा कालोपत्रे धमाधम

मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ वन कार्यालय उत्तर मालबारी तोरीबारी जाने सडक कालोपत्रेको काम  शुरु भएको छ । अघिल्लो आर्थिक बर्षमा ठेक्का लागी कार्य सम्पन्न हुन बाँकी रहेको सो सडकको कालाेपत्रे निर्माण कार्यले निरन्तरता पाएको स्थानीयको भनाइ छ । 

मालबारी तोरीबारी जाने सडक कालो पत्रे शुरु भएसंगै स्थानीयवासीहरुमा खुशियाली छाएको  बताइएको छ । शुक्रवार सडक निर्माण भइरहेको क्षेत्रको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष पूर्णबहादुर कुँवरसहित मिक्लाजुङ गाउँपालिकाका प्राविधिक,कर्मचारी र स्थानीयहरुले समेत स्थलगत निरीक्षण गरेको वडा नम्बर ८ का स्थानीय रामकुमार खत्रीले जनआस्थालाई बताए ।

टिप्पणीहरू