नेपाल आउनासाथ ज्यासन मिक्स एमसिए कार्यालयमा

नेपाल आउनासाथ ज्यासन मिक्स एमसिए कार्यालयमा

संयुक्त राज्य अमेरिकाको नेपालस्थित राजदूतावासका निम्ति नवनियुक्त नियोग उप-प्रमुख ज्यासन मिक्सले एमसिए कार्यालयको अवलोकन भ्रमण  गरेका छन् । दरवारमार्गको होटल याक एण्ड यति होटलस्थित एमसिए कार्यालयमा मिक्सले हिजो दिउँसो सवा घण्टा बिताएका थिए ।

एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्ट र बरिष्ठ ईन्जिनियर आशुतोष झाले उनलाई चालु परियोजनाको प्रगति विवरणवारे अवगत गराएका थिए । उनीहरूबाट मिक्सले सडक र विद्युत प्रसारण आयोजनाको पूर्वतयारीबारे समेत जानकारी लिएको स्रोतले बताएको छ ।

टिप्पणीहरू