खुलेआम जमिन उत्खनन्, सम्बन्धित निकाय मौन

खुलेआम जमिन उत्खनन्, सम्बन्धित निकाय मौन

कैलालीको लम्कीचुहा नगरपालिका १ र २ जोड्ने रोडा नदीमा सम्बन्धित निकायकै मिलिमतोमा उत्खनन् गरिएको आरोप लागेको छ । लामो समयदेखि  नदीबाट गिटी, बालुवा र माटो उत्खनन् गर्दा पनि जनप्रतिनिधिहरु मौन बसेकामा स्थानीयले दुःख र चासो व्यक्त गरेका छन् ।

नदीको माथिल्लो भागमा बाक्लो बस्ती रहेकाले कमसल भूभागमा वृक्षारोपण गर्नुको साटो दिनहुँ डोजर लगाएर माटो, गिटी, बालुवा अन्यत्र लैजानुमा स्थानीय निकायको पनि भूमिका रहेको वडा नम्बर १ की ममता शाहीले बताइन् ।

पहिलेभन्दा नदीको क्षेत्र ठूलो भएकाले बर्खामा बाढी आएमा नजिकका समुदायको ज्यान नै जोखिममा रहेको बताइन्छ । यसबारे कसैले वास्ता नगरेको वडा नम्बर २ की तुलसा राउतले जनआस्थासँगको कुराकानीमा भनिन् ।

स्थानीको गुनासोबारे नगरप्रमुख शुसिला शाहीसँग बुझ्न ९८५८४२६२१२ मा सम्पर्क गर्दा उहाँले फोन काट्नुभएको हो । प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले सबै कुराको जानकारी आफूलाई नभएको उल्लेख गर्नुभयो । ‘खोई एक दुई वटा कम्पनीका ठेकेदारलाई दिएको होला । पछि बुझेर भन्छु,’ –बुढाले जनआस्थासँग भन्नुभयो ।

टिप्पणीहरू