नीजि जग्गामा राखिएका सवारी साधन उठाउँदै महानगर

नीजि जग्गामा राखिएका सवारी साधन उठाउँदै महानगर

काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरित राखिएका सवारीसाधन धमाधम उठाउन थालेको छ । महानगरले आज अनामनगरको नीजि जग्गामा राखिएका दुई पाङ्गे सवारीसाधन उठाएको हो ।

महानगरीय प्रहरी बलका उपरीक्षक राजु पाण्डेले सरकारको मापदण्ड विपरीत राखिएका सवारीसाधन उठाइएको बताए । उनले भने,‘घरधनीहरुले जुन प्रयोजनका लागि नक्सा पास गरेका थिए, त्यसैअनुरुप त्यसको प्रयोजन नभएको हुनाले हामीले सवारीसाधन उठाएका हौँ ।’ 

सवारीसाधन उठाएलगत्तै त्यँहा तनाव सिर्जना भएको छ । हाल ती सवारीसाधन प्रहरीको नियन्त्रणमा छन् । महानगरले उठाएको यस कदमप्रति सवारी चालकहरु आक्रोश हुँदै विरोधमा उत्रिएका छन् । महानगरले एकदिन एउटा र अर्को दिन अर्को निर्णय गरेर आम सर्वसाधारणमाथि ज्यादती गरेको उनीहरुको आरोप छ ।

 एक लाइन सवारी राख्न पाउने हप्ता दिनअघिको निर्णय उल्त्याएर महानगरले सवारी धनी र चालकलाई अनावश्यक दु:ख दिएको भन्दै सर्वसाधारण राजु श्रेष्ठले आपत्ति जनाए । अनामनगर क्षेत्रको नीजि जग्गामा के कारणले सवारी राख्न नपाउने ? आक्रोशित उनले महानगरलाई प्रश्न गरे  । 

त्यस्तै, अर्का सवारी चालकले पनि महानगरको ज्यादती आम सर्वसाधारणले कहिलेसम्म सहनुपर्ने भन्दै आक्रोश पोखेका छन् । 'महानगरले जे गरेपनि हुने हो ?' उनले प्रश्न गरे ।

टिप्पणीहरू