मेलम्चीको मुहानमा कृष्णप्रसादको शालिक

मेलम्चीको मुहानमा कृष्णप्रसादको शालिक

काठमाडौँको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक निर्माण गरिएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज शालिक अनावरण गर्नुभयो । 

मेलम्चीको पानी काठमाडौँ ल्याउने परिकल्पनाकार मानिने भट्टराईको सम्मान र सम्झनामा खानेपानी मन्त्रालयले मेलम्चीको मुहानमै उनको शालिक बनाएको हो ।  सन्त नेता भनेर चिनिने स्व. भट्टराईले आफू प्रधानमन्त्री हुँदा मेलम्चीको पानी काठमाडौँ ल्याउने योजना सार्वजनिक गरेका थिए । तर, अहिलेसम्म पनि मेलम्चीको पानी काठमाडौँवासीले पिउन भने पाएका छैनन् ।

टिप्पणीहरू