गोरु पाल्नेलाई गाउँपालिकाको पुरस्कार
तनहुँको म्यादे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई दश हजार पुरस्कार दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाई स्थानीयको जीवनस्तर गुणस्तरीय बनाउन हलगोरु पाल्नेलाई दश हजार दिन लागेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले आफ्नो वडाभित्रका किसानले हलगोरु पालेमा अनुदानस्वरूप दश हजार प्रदान गर्ने बताए । उनले भने,‘हाल किसानको तंथ्याक संकलन गर्ने र कार्ययोजना बनाउने काम भइरहेको छ तर यो नियम कार्यान्वयनमा आइसकेको छैन ।’
नीतिगत कार्ययोजना बनाई वडा तथा गाउँपालिकामा निवेदन बुझाउन लगाएर त्यसअनुरुप बैंकमार्फत रकम प्रदान गरिने उनले बताए ।
टिप्पणीहरू