सिन्धुपाल्चोकको बलेफीमा पसल चोरी
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ नौबिसेस्थित एक किराना पसलमा चोरी भएको छ । स्थानीय ४४ वर्षीय बलराम भण्डारीको किराना पसलमा चोरी भएको हो ।
प्रहरीका अनुसार पसल भित्र टिनको ट्याङ्कामा राखिएको सुनको गरगहना र नगद चोरी गरिएको छ ।
चोरले रातको समयमा किराना पसलको ढोकाभित्रको लक बाहिरबाट धकेली खुस्काई किराना पसल भित्र प्रवेश गरी किराना पसल भित्र पसेर ट्याङ्काको लक खुस्काई गहना र नगद चोरेको प्रहरीले जनाएको छ ।
चोरी भएको सुनको गरगहना सिक्री, तिलहरी,रिङ,मंगलसूत्र,औंठी गरी अन्दाजी ६ तोला र नगद २० हजार गरी कूल ६ लाख ५० हजार बराबरको धनमाल चोरी भएको अनुमान छ ।
टिप्पणीहरू