विश्वम्भर श्रीमान् अमेरिकातिर,कार्की श्रीमान कहिले कन्फर्म ?

विश्वम्भर श्रीमान् अमेरिकातिर,कार्की श्रीमान कहिले कन्फर्म ?

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठ संयुक्त राज्य अमेरिका जानुभएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीपछि वरिष्ठताको दोस्रो नम्बरमा रहनुभएका श्रीमान् झण्डै तीन साताको निम्ति त्यता जानुभएको हो । 

अब ओली सरकारद्वारा अध्यादेशमार्फत गरिएको ५२ भाइको नियुक्तिसम्बन्धी बिचाराधीन मुद्दा पुस २७ गते हेर्ने संवैधानिक इजलासमा उहाँको अनुपस्थितिमा वरिष्ठताको आधारमा अर्का न्यायाधीशले प्रतिनिधित्व गर्नुहुने छ । यता,स्वयम कायममुकायम प्रधानन्यायाधीश कार्कीको पनि तत्काल कन्फर्म हुने सम्भावना देखिएको छैन ।

‘नयाँ संसद गठन नभएको,त्यसैको आधारमा संसदीय समिति गठन पनि नभएकाले प्रधानन्यायाधीश नियुक्तिको निम्ति सिफारिस भए पनि तत्काल संसदीय सुनुवाई हुने अवस्था नरहेकाले केही पछाडि धकेलिने अवस्था बनेको हो । सोही कारण पनि विश्वम्भर श्रीमान् अहिले लामो बिदामा अमेरिका जानुभएको अनुमान गरिएको छ,’सर्वोच्च अदालत स्रोतले बतायो ।

टिप्पणीहरू