समन्वय र पालिकाका हाकिमले यत्तिकै बिदा बस्न नपाउने

समन्वय र पालिकाका हाकिमले यत्तिकै बिदा बस्न नपाउने

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पूर्व स्वीकृति लिएर मात्रै बिदामा बस्न निर्देशन दिएको छ । मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै मन्त्रालयबाट स्वीकृति लिएर मात्र बिदा लिन भनेको हो । 

जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतहरुले जानकारी बिना जिल्ला तथा कार्यक्षेत्र छाडी सेवा प्रवाहमा असर परेको गुनासो बढेपछि यस्तो निर्देशन दिइएको मन्त्रालयका उपसचिव रबिन्द्रजंग थापाले बताए ।

टिप्पणीहरू