कंगोमा तैनाथ नेपाली सैनिकको टोली फेरियो

कंगोमा तैनाथ नेपाली सैनिकको टोली फेरियो

कंगोमा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाको अदलीबदली भएको छ । सोही क्रममा हिजो राति नेपालबाट नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फाको पहिलो टोली त्यसतर्फ गएको हो । 

टोलीका २६७ जना शान्ति सैनिकहरु प्रमुख सेनानी गोविन्द भुजेलको नेतृत्वमा नेपाल वायुसेवा निगमको उडानबाट मिशन इलाकातर्फ प्रस्थान गरेको जानकारी दिइएको छ । युनाइटेड नेसन्स अर्गनाइजेसन स्टेबलाइजेसन मिसन इन डेमोक्रयाटिक रिपब्लिक अफ कंगोमा तैनाथ फष्र्ट राईफल गण (शान्ति सेना) को २८ औं डफ्फा स्वदेश फर्कंदै छ । 

 उक्त डफ्फाको पहिलो टोलीका २५५ जना नेपाली शान्ति सैनिकहरु सेनानी डम्बर सिंह ठकुरीको नेतृत्वमा भोलि स्वदेश आइपुग्ने कार्यक्रम रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी गराएको छ । राष्ट्रसंघको आह्वानमा नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकमा रहेको युएन मिसनमा खटिँदै आएको छ ।

टिप्पणीहरू